सिन्धुलीबाट हराएका हायु परिवारका सदस्यहरु पोखरा पुगेको खुल्यो
रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पा बिप्पर कटेरीबाट बेपत्ता भएका हायु परिवारका सदस्यहरू पोखरामा भएको खुलेको छ।
गत शुक्रबार देखि बेपत्ता भएका एकै परिवारका १६ जना उनीहरु शनिबार पोखरा पुगको खुलेको हो। कास्की प्रहरीका अनुसार उनीहरु शनिबार पोखराको होटल जननीमा आएर बसेको र आइतबार त्यहाँबाट हिँडेको सुचना प्राप्त भएको हो। उनीहरु पोखरामै हुनसक्ने सुचनाको आधारमा बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।
त्यसअघि उक्त परिवारकी माइली छोरी प्रहरीको सम्पर्कमा आएकी थिइन्। काठमाडौंमा रहेकी उनले आफ्नो परिवारसँग सम्पर्क नभएको र्र खोजिदिन आग्रह गरेकी छन्।
एकान्तमा घर भएको सीमान्तकृत समुदायको सो परिवार तीन दिन अघिबाट बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष रवीन श्रेष्ठले जानकारी दिए। बुधबार वा बिहीबार परिकारका १८ जना सदस्यको सामाजिक भत्ता बुझेर आएका हायु परिवार सोही भत्ता बुझेको भोलिपल्टबाट बेपत्ता हुनुले घटना रहस्यमय रहेको श्रेष्ठले बताए।
छिमेकीको घर नजिकै गोठमा बाँधेको पाडोलाई तीन दिनदेखि घाँस पानी हाल्न कोही नआएपछि घरमा हेर्न जाँदा सोमबार बिहान मात्रै उनीहरू घरमा नभएको पत्ता लागेपछि सोमबार बिहानबाट स्थानीय र प्रहरीले खोजी जारी राखेका छन्।
हायुको घरको भान्सामा आगो लागेर सामान्य क्षति भएको छ। जलेको भान्सामा काटेर भाँडामा राखेको सुँगुरको मासु फेला परेको छ। घर पालुवा जनावर भैँसी, बाख्रा, कुखुरा भने अलपत्र अवस्थामा छन्।







डिसी नेपाल







Facebook Comment