पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालन

डिसी नेपाल
१२ साउन २०८२ २३:२७
44
Shares

दमौली (तनहुँ)। पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको डुम्रे-आँबुखैरेनी सडकखण्ड सञ्चालनमा आएको छ। आज राति ८ः४० बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको हो।

बन्दीपुर गाउँपालिका–४ विमलनगरमा सडकमाथिबाट सुक्खा पहिरोसहित ढुङ्गा खस्दा अवरुद्ध भएकामा पहिरो पन्छाएर एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रहरी चौकी डुम्रेका प्रहरी नायब निरीक्षक विजयनाथ यादवले जानकारी दिए। मुग्लिन पोखरा सडक विस्तारका क्रममा यहाँ भित्ता काटेर सडक विस्तार गरिएकाले पहिरोको जोखिम बढेको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.