सिजी ब्रुअरीको सञ्चालन आम्दानी १ अर्ब ८८ करोडले घट्यो

डिसी नेपाल
१३ साउन २०८२ ११:१९
44
Shares

काठमाडौं। चौधरी समूह अन्र्तगतको सिजी ब्रुअरी नेपाल लिमिटेडको सञ्चालन आम्दानी वर्षदिनमै १ अर्ब ८८ करोड रुपैयाँले घटेको छ।

रेटिङ एजेन्सी कम्पनी इक्रा नेपालले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको सञ्चालन आम्दानी निरन्तर घट्दो क्रममा देखिएको हो। जस अनुसार आर्थिक वर्ष (आव) २०८०-८१ मा २ अर्ब ६६ करोड रुपैयाँको सञ्चालन आम्दानी गरेको छ। यस अघि कम्पनीले आव २०७८÷७९ मा बियर विक्रीबाट ४ अर्ब ५४ करोड रुपैयाँ आम्दानी गरेको थियो।

कम्पनीले नेपाल आइस, मुस्ताङ प्रिमियम स्ट्रोङ, रियल गोल्ड ब्राण्डमा बियर उत्पादन गर्दै आएको छ। इक्रा नेपालको विवरण अनुसार बियर बजारको घट्दो माग र प्रतिस्पर्धा धेरै भएको र कम्पनीको बढेको अन्तःशुल्क लागत उपभोक्ताहरूलाई सर्दा आर्थिक वर्ष २०८०÷८१ सञ्चालन घाटा भएको बताइएको छ। साथै उच्च विक्री खर्च (लिक्विडेशन योजनाहरूसँग सम्बन्धित) र डिलरहरूलाई दिइएको छूटले पनि सञ्चालन तथा खुद घाटा बढेको बढेको देखिएको छ।

सिजी ब्रुअरीमा चौधरी समूहकै एफएमसीजी इकाइ सिजी फुड नेपाल लिमिटेडको मुख्य शेयर रहेको छ। कम्पनीका विभिन्न ११ ओटा ब्राण्ड भए पनि सबैभन्दा धेरै आम्दानी भने नेपाल आइस र मुस्ताङ प्रिमियम स्ट्रोङ बियरको छ।

नवलपरासीमा रहेको कारखनाबाट कम्पनीले बियर उत्पादन तथा बोटलिङको काम गर्दै आएको छ। कम्पनीले बियर उत्पादनका लागि चाहिने कच्चा पदार्थ युरोप र भारतबाट आयात गर्छ भने अन्य आवश्यक कच्चापदार्थ चामल-कनिका र चिनी भने नेपाली सप्लायर्सबाट खरीद गर्ने गरेको छ।

कम्पनीका देशभर ३०० डिलर र ५३ हजार रिटेलहरू छन्। सिजी ब्रुअरीमा चौधरी समूहकै एफएमसीजी इकाइ सिजी फुड नेपाल लिमिटेडको मुख्य शेयर रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *