पर्वतारोहण संघको अध्यक्षमा फुर्वा ग्याल्जेन शेर्पाको उम्मेद्वारी घोषणा
काठमाडौं । नेपाल पर्वतारोहण संघ(एनएमए)को अध्यक्षमा फुर्वा ग्याल्जेन शेर्पाले उम्मेदवारी घोषणा गरेका छन्।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी उनले भदौ ७ गते हुने संघको निर्वाचन आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
उनले आरोहीहरुको नाममा रहेको कल्याणकारी कोषलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।
उनले भने,‘आरोहीहरुको नाममा एउटा कल्याणकारी कोष थियो तर त्यो प्रभावकारी हुन सकेन। त्यसलाई प्रभावकारी बनाउने मेरो घोषणा छ। कल्याणकारी कोषलाई म नेतृत्वमा जाने वित्तिकै प्रभावकारी बनाउँछु। २० लाख रुपैयाँ राखेर कोष सुचारु गर्छु।’
उनले अध्यक्षमा निर्वाचित भएपछि हिमाल आरोहण गरेर विश्व कीर्तिमानी राखेकाहरुलाई अन्तर्राष्ट्रिय विमानस्थलहरुमा विशेष सुविधा उपलब्ध गराउनका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता पनि जनाए।
‘विश्व कीर्तिमान भनेको सामान्य विषय होइन, त्यसैले रेकर्डधारीहरुलाई विषेश सम्मान दिनका लागि विमानस्थल आवतजावतमा छुट्टै व्यवस्था गरेर आफ्नो कीर्तिमानीप्रति गर्व महसुस गर्ने वातावरण मिलाउने प्रतिबद्धता गर्छु। कीर्तिमानीको शिर ठाडो हुनुभनेको आम नेपालीको शिर ठाडो हुनु हो, त्यसैले किर्तिमानी आरोहीहरुको सम्मानका लागि सरकारसँग विषेश पहल गरेर निर्णय गरी कार्यान्वयनमै लैजाने छु,’ उनले भने।
हिमाली क्षेत्रमा जलवायु परिवर्तनको कारणले हिमाल र हिमाली क्षेत्रमा ठूलो क्षति हुँदै जाँदा सहरमा हिमाल संरक्षण र जलवायु परिवर्तनको बारेमा गोष्टी गरेर करोडौ रुपैयाँ स्वाहाँ बनाइरहेकोको उनको आरोप छ।
सोलुखुम्बुमा जन्मिएका शेर्पाले नेपाल पर्यटन बोर्डको सञ्चालक समिति सदस्य भएर अनुभव बटुलेका उनी ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को महासचिव हुँदै उपाध्यक्ष समेत भइसकेका छन्। ट्रेकिङ, हेलिकोप्टर, होटललगायतका क्षेत्रमा लगानी गरेका उनी सक्रिय समाजसेवी समेत हुन्।







डिसी नेपाल







Facebook Comment