पुरुष राष्ट्रिय त्रिकेट टोलीका लागि जर्सी प्रयोजन प्रस्ताव आह्वान
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ। क्यानले बुधवार सावर्जनिक सुचना जारी गर्दै न्यूनतम वार्षिक २ करोड रुपैयाँको तीन वर्षे अबधिको प्रायोजन प्रस्ताव आह्वान गरेको हो।
प्रस्तावको रकम भने आपसी समझदारीमा भने बढाउन सकिने क्यानले जारी गरेको सुचनामा उल्लेख गरिएको छ। सरकारबाट मान्यता प्राप्त विभिन्न कम्पनी तथा ब्राण्डहरुले यसका लागि आवेदन दिन सक्नेछन्।
प्रस्ताव पेश गर्न इच्छुक कम्पनीहरुले साउन १९ गते बिहान ११ बजेसम्म काठमाडौंको मुलपानीस्थित क्यानको कार्यालयमा आवेदन दिन सक्नेछन्। प्रायोजक कम्पनीको ब्रान्ड लोगो पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सीको अगाडिको भागमा राखिनेछ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment