युवतीले २० जना प्रेमी फेरिन्, सबैसँग आइफोन गिफ्ट मागिन्, सबै आइफोन बेचेर नयाँ घर किनिन्
काठमाडौं । चीनमा एक महिलाले २० जना पुरुषसँग डेट गरिन्। उनले सबैसँग उपहारको रूपमा आईफोन मागिन् । त्यसपछि, उनले सबै आईफोन बेचेर त्यसबाट पाएको पैसाले आफ्नो लागि नयाँ घर किनिन्।
यो घटना ९ वर्ष पुरानो हो तर हालै यस्तै अर्को घोटाला भएपछि पुरानो घटना निकै चर्चामा छ । अहिले भएको घटना पनि पुरानो घटना जस्तै छ । यद्यपि अहिले ठगी गर्वे व्यक्ति भने पुरुष हुन् । ती अधवैंसे पुरुषले यौन सम्बन्धको लागि पुरुषहरूलाई फसाउने र उनीहरूसँग गिफ्ट माग्ने गरेको खुलेको छ । यी पुरुषले आफूलाई अनलाइनमा सिस्टर होङ नामले चिनाइरहेका थिए ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार यो घोटालालाई क्रस-ड्रेसिङ घोटाला भनिन्छ। यस अन्तर्गत एक व्यक्तिले महिलाको रूपमा प्रस्तुत भएर मानिसहरूलाई डेट गर्थे र उनीहरूसँग पैसा ठग्थे। यो व्यक्ति सिस्टर होङको नामले चीनमा भाइरल भइरहेको छ। सिस्टर होङको घोटालाले चीनको एउटा पुरानो घटनामा मानिसहरूको ध्यान खिचेको छ।
करिब नौ वर्षअघि सिस्टर होङ जस्तै एउटी महिलाले केही मानिसहरूसँग डेट गरिन् र उनीहरूबाट महँगा आईफोन लिएर बेचिन् । बिक्रीबाट पाएको पैसाले घर किनेकी थिइन्। सिस्टर होङको घोटाला बाहिर आएपछि मानिसहरूले ९ वर्ष पुरानो घटनालाई सम्झिरहेका छन् र ती महिलालाई सिस्टर होङको गुरु पनि भनिरहेका छन्।
ती महिलाले छ महिनामा २० जनासँग डेटिङ गरेर २० जनाबाट उपहारस्वरूप २० वटा आईफोन लिएकी थिइन्। त्यसपछि ती महिलाले सबै आईफोन बेचेर १ लाख २० हजार युआन अर्थात् २३ लाख रुपैयाँ जम्मा गरिन् र त्यसबाट आफ्नो फ्ल्याटको लागि अग्रिम भुक्तानी पनि गरिन्।
कियानजियाङ इभिनिङ न्युजको २०१६ को रिपोर्ट अनुसार महिलाको पहिचान खुलाइएको थिएन। उनी शेन्जेनको एक कम्पनीमा धेरै कम तलबमा जुनियर क्लर्कको रूपमा काम गर्थिन्। जब यी साधारण कर्मचारीले सामाजिक सञ्जालमा आफ्नो गृहनगरमा घर किनेको जानकारी साझा गरिन्, मानिसहरू शंकास्पद भए।
पछि उनका सहकर्मीहरूले थाहा पाए कि महिलाले छ महिनामा एकैसाथ २० जना पुरुषसँग डेट गरिसकेकी थिइन्। उनले सबैलाई नयाँ आईफोन ७ उपहार दिन भनिन्। त्यसपछि उनले सबैबाट २० वटा आईफोन ७ उपहारको रूपमा लिइन्। त्यसपछि उनले सबै आईफोन बेचेर पैसा जम्मा गरिन्। उनले यो रकम फ्ल्याटको लागि अग्रिम भुक्तानीको रूपमा प्रयोग गरिन्।
ती महिला इन्टरनेटमा मोबाइल फोन बेच्ने गर्थिन्। विद्युतीय उत्पादन व्यापार प्लेटफर्ममा काम गर्ने एक कर्मचारीले मिडियालाई पुष्टि गरेअनुसार ती महिलाले उनीहरूसँग सम्झौता गरेकी थिइन्। अनलाइन व्यापार कम्पनीकी एक कर्मचारीका अनुसार उनीहरूले एक महिलाबाट अर्डर प्राप्त गरेका थिए ।
उनले भनिन् ‘ती महिलाले दाबी गरेकी थिइन् – उनीसँग बेच्नको लागि २० वटा नयाँ आईफोन ७ हरू छन्। हामीले धेरैजसो प्याकेजिङ नखोलिएको पायौं। प्रत्येक मोबाइल फोन ६,००० युआनभन्दा बढीमा बेचिएको थियो। कुल मिलाएर उनले १,२०,००० युआनभन्दा बढी कमाएकी थिइन्।’







डिसी नेपाल







Facebook Comment