यू-२० एसियन कप छनोट खेल्न जाने महिला फुटबल टोलीको विदाई
काठमाडौं। भुटानमा हुने एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली यू-२० महिला फुटबल टोलीलाई विदाई गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार काठमाडौंमा नेपाली यू-२० महिला फुटबल टोलीलाई विदाई गरेको हो। कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा महासचिव किरण राई लगायतले एसियन कप छनोट खेल्न जाने नेपाली यू-२० महिला टोलीलाई विदाई गरेका थिए।
विदाई कार्यक्रममा टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले यसअघि भएका कमीकमजोरीलाई सुधार गर्दै एसियन कप छनोटमा राम्रो नजिता निकाल्ने बताए। त्यस्तै कप्तान बिर्सना चौधरीले एसियन कप छनोटका लागि तयारी राम्रो भएकाले नेपालको पक्षमा नजिता आउने उल्लेख गरिन्।
टोलीले आगामी भदौ २३ देखि २८ सम्म भुटानमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप छनोटमा प्रतिस्पर्धा गर्नेछ। छनोट चरणको खेलमा नेपाल समूह बी मा रहेको छ। समूह बीमा समूहमा उत्तर कोरिया, आयोजक भुटान र साउदी अरब पनि रहेका छन्।
छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यु–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ।







डिसी नेपाल








Facebook Comment