क्यानको बोर्ड बैठक बस्दै

डिसी नेपाल
१५ साउन २०८२ ८:१२

काठमाडौं । नेपाल क्रिकेट संघको बोर्ड बैठक आज बस्दैछ । बैठकमा एनपीएल दोस्रो संस्करणको आयोजना र राष्ट्रिय टोलीको विश्वकप यात्रा विषयमा छलफल हुनेछ ।

एनपीएलको पहिलो संस्करण गत मंसिर–पुसमा भएको थियो । पहिलो संस्करणबाट प्राप्त भएका उपलब्धि तथा दोस्रो संस्करणका लागि थप गर्न सकिने विविध विषयहरूमा छलफल हुने बुझिएको छ । दोस्रो संस्करणका लागि अक्सनको मिति पनि तय भइसकेको छ ।

एनपीएलको पहिलो सिजनको हिसाबकिताब सार्वजनिक नगरिएको भन्दै बोर्ड सदस्यहरूले अध्यक्षलाई पत्र लेख्दै ध्यानाकर्षण समेत गराएका थिए । नेपाली क्रिकेट टोलीले आगामी अक्टोबरमा टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको संयुक्त रिजनल फाइनल खेल्दैछ । त्यसको तयारीका लागि नेपाली टोली हाल भारतमा छ भने केही खेलाडीहरू नेपालमै पनि अभ्यास गरिरहेका छन् ।

टी–२० विश्वकप छनोटको तयारी र विश्वकपसम्मको यात्राबारे पनि बोर्ड बैठकमा छलफल हुनेछ । नेपाली टोलीले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२०आई खेल पनि खेल्दैछ । त्यस्तै क्यानको वार्षिक क्यालेन्डरबारे पनि छलफल हुने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *