सुनको मूल्य घट्यो

डिसी नेपाल
१५ साउन २०८२ १०:५५
416
Shares

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ।

आज सुन तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार २ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ४० रुपैयाँले घटेर २ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *