बन्दुकसहित एक जना पक्राउ
अर्घाखाँची । शितगंगा नगरपालिका-१२ बस्ने ३६ वर्षीय संदिप बहादुर कामीलाई प्रहरीले एकनाले भरुवा बन्दुक एन थान, बारूद जस्तो देखिने बस्तु, फलामका टुक्राहरू, केप बनाउन प्रयोग गरिएका कागजको टुक्रासहित बिहीबार बेलुकी पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनको गोठ तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment