माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठक तीन दिनसम्म चल्ने छ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक परिस्थितिबारे चर्चा रने छन्। पोखरासम्म पुगेर रोकिएको जागरण अभियानलाई निरन्तरता दिने विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ।
समाजवादी मोर्चाको सक्रियता, विस्तार, सांगठानिक रणनीति र आन्तरिक एकता सुदृढका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।
बैठकमा अध्यक्ष प्रचण्ड र विशेष महाधिवेशनको माग गरिरहेका उपमहासचिव जनार्दन शर्माबीच चलिरहेको अन्तरसंघर्षबारे छलफल हुने छ।
बैठकमा नेताहरूले विशेष महाधिवेशनलगायत विषयमा धारणा राख्ने सम्भावना रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment