बागमती प्रदेश सभामुख पाठकद्वारा नयाँ प्रदेश सभा भवनको अनुगमन

डिसी नेपाल
१९ साउन २०८२ ८:३५
44
Shares

हेटौंडा । बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले सोमबार हेटौंडामा निर्माण सम्पन्न भएको नयाँ प्रदेश सभा भवनको अनुगमन गरेका छन्।

सभामुख पाठकले भवनको सभा कक्ष, सचिवालय कक्ष, सञ्चार सुविधा, बैठक स्थल लगायतका भौतिक संरचनाको निरीक्षण गर्दै निर्माणको गुणस्तर, प्रविधि र सुविधा सम्बन्धी जानकारी लिएका थिए । उनले अनुगमनका क्रममा सम्बन्धित निकायलाई भवन सञ्चालनका लागि आवश्यक तयारीमा तीव्रता दिन निर्देशनसमेत दिए।

नयाँ भवन अत्याधुनिक प्रविधिले सुसज्जित गरिएको छ, जसमा सभा सञ्चालनका लागि अडियो–भिजुअल सिस्टम, प्रतिनिधिहरूको बैठकका लागि आरामदायी संरचना तथा सुरक्षा व्यवस्थासमेत समावेश छन्।

सभामुख पाठकले नयाँ भवनमार्फत प्रदेश सभाको कार्यप्रणाली अझ प्रभावकारी, पारदर्शी र सुव्यवस्थित हुने विश्वास व्यक्त गरे। यो नयाँ भवनबाट बागमती प्रदेश सभाको विधायन प्रक्रिया थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.