इरानको आणविक कार्यक्रमलाई आधिकारिक आणविक शक्तिसम्पन्न राष्ट्र पाकिस्तानले समर्थन गर्ने

डिसी नेपाल
१९ साउन २०८२ १०:५४
132
Shares

काठमाडौं । पाकिस्तानले इरानको आणविक कार्यक्रमलाई समर्थन गर्ने घोषणा गरेको छ। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले इरानलाई ‘शान्तिपूर्ण तरिकाले आणविक ऊर्जा प्रयोग गर्ने’ अधिकार रहेको बताएका छन्।

शाहबाज शरीफले भने, “शान्तिपूर्ण आणविक ऊर्जा प्राप्त गर्न पाकिस्तान इरानको साथमा छ।”

पाकिस्तानी प्रधानमन्त्रीले इरानमाथि हालै भएको इजरायली आक्रमणको निन्दा गरे र देशको रक्षा गरेकोमा इरानको प्रशंसा गरे।

इरानका राष्ट्रपति मसूद पेजेश्कियान पाकिस्तान भ्रमणमा छन्। यस भ्रमणको क्रममा उनले पाकिस्तानसँग धेरै सम्झौताहरूमा हस्ताक्षर गरे।

शाहबाज शरीफले आतंकवाद विरुद्ध पाकिस्तान र इरानको विचार समान रहेको बताए। उनले यस क्षेत्रमा शान्ति र विकासको बाटो खोलिनुपर्ने बताए।

यसैबीच, इरानी राष्ट्रपति मसूद पेजेश्कियानले भने ‘इजरायल क्षेत्रलाई अस्थिर बनाउने एजेन्डामा काम गरिरहेको छ’। उनले मुस्लिम देशहरूले शान्तिको लागि एकजुट हुनुपर्ने बताए।

पेजेश्कियानले इजरायली आक्रमणको विरुद्धमा पाकिस्तानको समर्थनप्रति आभारी रहेको र पाकिस्तानसँगको राम्रो सम्बन्ध इरानको विदेश नीतिको महत्त्वपूर्ण भाग भएको बताए।

पाकिस्तानको सरकारी एजेन्सी एसोसिएटेड प्रेस अफ पाकिस्तानका अनुसार पाकिस्तान र इरानले १२ वटा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

यसमा व्यापार, कृषि, विज्ञान, प्रविधि, नवप्रवर्तन, सूचना तथा सञ्चार र समुद्री सुरक्षा लगायतका विषयमा सहकार्य समावेश छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.