यमनमा डुङ्गा दुर्घटनामा ५० भन्दा बढी आप्रवासीको मृत्यु, धेरै बेपत्ता

डिसी नेपाल
१९ साउन २०८२ ११:२०
44
Shares

काठमाडौं । यमनको तटमा खराब मौसमका कारण करिब १५० जना आप्रवासी सवार डुङ्गा पल्टिँदा ५० भन्दा बढी आप्रवासीको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार दुर्घटना यमनको दक्षिणी प्रान्त अब्यान नजिकै भएको हो।

अब्यान सुरक्षा निर्देशनालयले एक विज्ञप्तिमा भनेको छ – तटीय क्षेत्रको ठूलो भागमा धेरै शवहरू बरामद गरिएको छ र खोजी कार्य जारी छ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार मृत्यु हुनेमा अधिकांश इथियोपियाली नागरिक छन्। आईओएमले यो घटनालाई ‘हृदयविदारक’ भनेको छ। अफ्रिकाको हर्नबाट खाडी जाने आप्रवासीहरूका लागि यमन एक प्रमुख मार्ग हो।

आइओएमको अनुमानअनुसार हालैका महिनाहरूमा समुद्री दुर्घटनाहरूमा सयौं आप्रवासीहरूको मृत्यु भएको छ वा बेपत्ता भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.