महेन्द्रनगरबाट धनगढी जाँदै गरेको हाइस दुर्घटना हुँदा नौ जना घाइते
कञ्चनपुर। पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक यात्रुवाहक हाइस (भ्यान) दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।
आज साँझ महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको बागमती प्रदेश-०१०३२ च ३२४१ नम्बरको हाइस विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउने प्रयास गर्दा अनियन्त्रित भई सडक छेउमा पल्टिएको जनाइएको छ।
घाइतेहरूको झलारीस्थित टी एन्ड सी अस्पतालमा उपचार भइरहेको र ती मध्ये एक जनाको अवस्था मध्यम रहेकापछि अन्य सामान्य रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment