चीन र पाकिस्तान लगायत धेरै देशका ‘भाडाका सैनिक’ युक्रेन युद्धमा संलग्न रहेको दाबी

डिसी नेपाल
२० साउन २०८२ १३:२९
728
Shares

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस-युक्रेन युद्धमा चीन र पाकिस्तान लगायत धेरै देशका ‘भाडाका सैनिकहरू’ संलग्न रहेको दाबी गरेका छन्।

जेलेन्स्कीले युक्रेनी सैनिकहरूसँगको तस्बिर सेयर गर्दै ट्विटरमा लेखेका छन् – सोमबार उनी भोभ्चान्स्क क्षेत्रमा सैनिकहरूबीच उपस्थित थिए। त्यहाँ उनले कमाण्डरहरूबाट मोर्चाको अवस्थाको बारेमा जानकारी लिए।

उनले लेखे , “भोभ्चान्स्क क्षेत्रमा रहेका हाम्रा लडाकुहरूले युद्धमा चीन, ताजिकिस्तान, उज्बेकिस्तान, पाकिस्तान र अफ्रिकी देशका भाडाका सैनिकहरूको संलग्नता रिपोर्ट गरिरहेका छन्। हामी यसको जवाफ दिनेछौं।”

अक्टोबर २०२४ मा प्रकाशित रिपोर्टहरूले युक्रेनमा रुसी सेनालाई सहयोग गर्न उत्तर कोरियाली सेना तैनाथ गरिएको दाबी गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.