गाजा युद्ध अन्त्य गर्न ट्रम्पलाई सयौं पूर्व इजरायली सुरक्षा अधिकारीहरूको अपील
काठमाडौं । ६०० भन्दा बढी अवकाशप्राप्त इजरायली सुरक्षा अधिकारीहरूको समूहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेख्दै गाजामा युद्ध तुरुन्तै रोक्न इजरायललाई दबाब दिन आग्रह गरेका छन्।
यसमा इजरायलका गुप्तचर निकायका पूर्व प्रमुखहरू पनि समावेश छन्।
पत्रमा उनीहरूले लेखेका छन्, “हाम्रो व्यावसायिक मूल्याङ्कन अनुसार, हमासले अब इजरायलको लागि कुनै रणनीतिक खतरा प्रस्तुत गर्दैन।”
“इजरायली जनतामाझ तपाईंको लोकप्रियता र विश्वासले प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनको सरकारलाई सही दिशामा डोऱ्याउन मद्दत गर्न सक्छ – यो युद्ध रोक्न, बन्धकहरूलाई फिर्ता गर्न र जनताको पीडा अन्त्य गर्न,” पूर्व अधिकारीहरूले लेखे।
हमाससँगको युद्धविराम वार्ता ठप्प भएको बेला प्रधानमन्त्री नेतान्याहूले गाजामा सैन्य कारबाहीलाई अझ तीव्र पार्ने प्रयास गरिरहेको बताइएको छ।







डिसी नेपाल








Facebook Comment