पार्टी फुट्न लागेको हल्लामा कुनै सत्यता छैनः महासचिव बास्तोला
काठमाडौं । नेकपा बहुमत का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आफ्नो पार्टी फुट्न लागेको हल्लामा कुनै सत्यता नभएको बताएका छन्।
मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो पार्टीले संघर्षलाई तीब्रता दिनेसमेत जानकारी दिए। पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै बास्तोलाले संसदमुखी राजनैतिक पार्टीहरुमा गम्भिर समस्या देखिन थालेको बताए।
उनले भने, ‘संसदवादी दलहरु सत्ता र स्वार्थमा लिप्त हुँदाको परिणाम राष्ट्रिय स्वाधिनतामा खतराको घण्टी बज्न थालेको छ। यो अवस्थामा स्वाधीन संयुक्त सरकार गठनका लागि तेस्रो जनआन्दोलनको तयारी गर्ने निर्णय बैठकले गरेको छ।’
यस्तै, उनले कमरेड लेनिनद्वारा प्रस्तावित जनवादी केन्द्रीयतको संगठनात्मक विधिमा विकास गर्दै नेतृत्व प्रणाली र मूल्यांकन विधिको नीति तय गरिएको बताए।
बास्तोलाले अमेरिका लगायतकाहरुले विश्वका श्रमजीवी जनता र कमजोर राष्ट्रमाथि युद्ध थोपरेको आरोप लगाउँदै भने, ‘यसले गर्दा विश्व विस्फोटको संघारमा पुगेको छ। त्यसैले उसकाविरुद्ध उत्पीडित जनता र राष्ट्रहरुले प्रतिवाद गर्न जरुरी भएको छ। साम्राज्यवादले थोपरेको युद्ध तत्काल बन्द गर्न, मानवसंहार रोक्न हाम्रो पार्टीले आह्वान गरेको छ।’







डिसी नेपाल








Facebook Comment