इमरान खान पक्राउ परेको दुई वर्ष पूरा, रावलपिण्डिमा प्रदर्शनमा रोक

डिसी नेपाल
२१ साउन २०८२ ७:३७
140
Shares

इस्लामवाद। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेको दुई वर्ष पूरा भएको छ। जियो न्यूजका अनुसार यस अवसरमा इमरानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई)ले देशभर विरोध प्रदर्शनको घोषणा गरेको छ।

सावधानीका लागि रावलपिंडी जिल्ला प्रशासनले अगस्ट ४ देखि १० अगस्टसम्म कानून र व्यवस्था कायम राख्न धारा १४४ लागू गरेको छ । चार जनाभन्दा बढी भेला हुन, र्‍याली, विरोध प्रदर्शन वा प्रदर्शनमा पूर्ण रोक लगाइएको जनाइएको छ।

पीटीआईका समर्थकहरूले जेलबाहिर विरोध प्रदर्शन गर्ने योजना बनाइरहेका छन्। यसैलाई मध्यनजर गर्दै कारागार प्रशासनले थप सुरक्षाकर्मी परिचालन गर्न माग गरेको छ। इमरान खान रावलपिंडीको अदियाला जेलमा छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.