शेख हसिनालाई हटाएको ठिक १ वर्ष पुग्दा बंगलादेशका पूर्व सेनाप्रमुखको रहस्यमय मृत्यु

डिसी नेपाल
२१ साउन २०८२ १०:५९
1.3k
Shares

काठमाडौं । बंगलादेशका पूर्व सेना प्रमुख लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) एम हारुन अर रशिद मृत फेला परेका छन्। उनको शव चटगाउँ क्लबको एक कोठाबाट बरामद गरिएको छ।

उनको मृत्यु बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख असिना सत्ताच्युत भएर देश छाडेर भागेको ठिक १ वर्ष पूरा हुने अघिल्लो दिन भएको हो । ५ अगस्टमा शेख हसिनाले सत्ता र देश छाडेको १ वर्ष पूरा भएको छ ।

ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार, ७७ वर्षीय पूर्व सेना प्रमुख अदालतको सुनुवाइको लागि आइतबार ढाकाबाट चटगाउँ आइपुगेका थिए। एक वरिष्ठ अधिकारीले पूर्व सेना प्रमुखको मृत्युको पुष्टि गरे।

उनका अनुसार पूर्व सेना प्रमुख समयमै सुनुवाइको लागि अदालत नपुगेपछि उनलाई फोन गरिएको थियो तर उनले फोन कलको जवाफ पनि दिएनन् । त्यसपछि क्लबका अधिकारीहरू उनको कोठामा गए र त्यहाँ उनको शव फेला पारे।

हारुन २००० देखि २००२ सम्म बंगलादेशका सेना प्रमुख थिए । उनी डेस्टिनी ग्रुप नामक कम्पनीसँग सम्बन्धित घोटाला मुद्दामा अदालतमा चलिरहेको मुद्दाको सुनुवाइको लागि चटगाउँ आएका थिए। उनी डेस्टिनी ग्रुपका अध्यक्ष पनि थिए। उनको शवलाई संयुक्त सैन्य अस्पताल पठाइएको छ।

कोतवाली प्रहरी चौकीका इन्चार्ज अब्दुल करीमले सोमबार बिहान १० बजेतिर उनको शव फेला परेको बताए। घटनाको अनुसन्धान सुरु गरिएको छ। प्रहरी ब्यूरो र सीआईडी टोली घटनास्थलमा पुगेर प्रमाण सङ्कलन गरेको छ।

पूर्व सेना प्रमुखको मृत्युको कारण अझै थाहा हुन सकेको छैन। सेनाबाट अवकाश लिएपछि उनी व्यवसायमा सामेल भए। उनी धेरै आर्थिक घोटालामा दोषी ठहरिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.