एथलेटिक्स टोली भारत प्रस्थान

डिसी नेपाल
२१ साउन २०८२ १८:५४
28
Shares

काठमाडौं। प्रथम इन्डियन ओपन वल्र्ड एथलेटिक्स ब्रोन्ज कन्टिनेन्टल टुरमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज भारतको उडिसा प्रस्थान गरेको छ।

अगष्ट १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा आदेशकुमार यादव, सोमबहादुर कुमाल, मुकेशबहादुर पाल, सलिम देवान, डिल्ली खत्री, रोहित चौधरी र प्रकाश दनुवारले प्रतिस्पर्धा गर्ने छन्। महिलामा कलेसी चौधरी, नारायणी भण्डारी, सीमाकुमारी चौधरी, चन्द्रकला लाम्गाडे र पूर्णलक्ष्मी न्यौपानेले खेल्ने छन्। अफिसियलमा शिवलाल आचार्य र अनिलरुद्र कुमार चौधरी छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल एथ्लेटिक्स संघका महासचिव सञ्जीव तुलाधरलगायतले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे। प्रतियोगितामा १९ राष्ट्रको सहभागिता रहने एथलेटिक्स संघका सचिव आरके विष्टले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *