ररिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम

डिसी नेपाल
२२ साउन २०८२ ११:०२
36
Shares

काठमाडौं। रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

कम्पनीले शतप्रतिशत अर्थात ७० करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका ७० लाख कित्ता हकप्रद जारी गर्न लागेको हो। यसका लागि कम्पनीले साउन २६ गते एक दिनका लागि बुक क्लोज गर्दैछ।

आजसम्म नेप्सेमा कायम हुने शेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुने छन्। साउन २३ र २४ गते शुक्रबार र शनिबार भएकाले शेयर कारोबा हुँदैन भने साउन २५ गते पनि गाईजात्राको अवसरमा सावर्जनिक विदा परेकाले कम्पनीले आज सम्मका लागि हकप्रद सुरक्षित गर्ने समय दिएको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासन गर्न गत साउन ९ गते अनुमति प्राएको थियो। कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.