दुई लाख नजिक सुन मूल्य, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थितर रहेको छ।
बुधबार प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको हो।
बिहीबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला २ हजार ३०५ रुपैयाँमा किनबेच भएको चाँदी बिहीबार २ हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको हो।
प्रतिक्रिया
Facebook Comment