भारत उत्तराखण्ड पहिरोमा बेपत्ता भएका १३ जना जाजरकोटको एउटै वडाका

डिसी नेपाल
२३ साउन २०८२ ७:१९
148
Shares

मुगु। भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढी र पहिरोमापरी जाजरकोटको कुशे गाउँपालिकाका एकै वडाका १३ जनाभन्दा बढी नागरिक बेपत्ता भएका छन्।

उत्तराखण्डको थराली गाउँमा आएको भीषण बाढी पहिरोले कुशे गाउँपालिका वडा नं ३ का १३ जना नागरिक बेपत्ता भएका हुन्।

कुशे गाउँपालिकाले बिहीबार एक शोक विज्ञप्ति जारी गर्दै श्रावण २० गते उत्तराखण्डको उत्तरकाशी स्थित हर्षिल क्षेत्रको थराली गाउँमा ‘क्लाउड ब्रस्ट’पछिको बाढी पहिरोमा परी आफ्ना नागरिकहरू बेपत्ता भएको जनाएको हो।

गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का १३ जना र अन्य वडाका केही व्यक्तिहरू पनि सम्पर्कमा नरहेकोले हराएको हुन सक्ने आशंका सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त भएको छ।’

बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउनका लागि नेपाल सरकार र परराष्ट्र मन्त्रालयमार्फत तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेको छ। विज्ञप्तिमार्फत प्रदेश तथा संद्दीीय सरकारको समेत ध्यानाकर्षण गराइएको छ।

उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्पिल क्षेत्रमा ‘क्लाउड ब्रस्ट’ भई आएको भीषण बाढी तथा पहिरोमा परी ठूलो मानवीय र भौतिक क्षति भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.