प्लास्टिक खाएर पचाउन सक्ने ढुसी भेटियो, पृथ्वीको प्रदूषण नियन्त्रणमा कोसेढुंगा हुने अनुमान
काठमाडौं । प्लास्टिकको बारेमा हामी सबैलाई थाहा छ । यो न त सड्छ न गल्छ । धेरै वर्षपछि पनि जस्ताको तस्तै रहन सक्छ । अहिले जमिनदेखि समुद्रसम्म प्लास्टिकको फोहोर मानिस र जनावरहरूको लागि समस्या भनेको छ ।
हालै वैज्ञानिकहरूले यो ‘नष्ट नहुने’ प्रदूषणबाट छुटकारा पाउने दिशामा ठूलो सफलता हासिल गरेका छन्। अमेजन जंगलमा एउटा फंगस अर्थात ढुसी फेला परेको छ जसले प्लास्टिक खान्छ। अर्थात्, यसको ‘खाना’ प्लास्टिक हो।
प्लास्टिकका अणुहरू धेरै बलियो पोलिमर चेनहरू हुन्। यिनीहरू धेरै बलियो हुन्छन् र यसलाई कुनै पनि रसायन वा ब्याक्टेरियाले तोड्न सक्दैन। तिनीहरू न त पानीले नष्ट हुन्छन् न त आगोले। अहिले भेटिएको फंगसले भने प्लास्टिकको पोलिमर चेन तोडेर त्यसलाई नष्ट गर्न सक्ने वैज्ञानिकहरू बताउँछन् ।
फङ्गसलाई नेपालीमा ढुसी भनिन्छ । यिनीहरू साना बिरुवाहरू हुन् तर यिनिहरूहरूमा हरिया रूखहरूमा जस्तो हरितकण हुँदैन त्यसैले यिनीहरूले आफ्नो खाना आफै बनाउन सक्दैनन् । यिनीहरू परजीवि हुन् । ढुसी अरबौं वर्ष पहिलेदेखि पृथ्वीमा छन् । हामीले खाने च्याउ पनि एक प्रकारको फंगस हो । फंगलससँग आफ्नो इन्जाइमले ‘फोहोरलाई पनि पौष्टिक बनाउने’ क्षमता हुन्छ।
इक्वेडरको येल विश्वविद्यालयका केही विद्यार्थीहरूले यस्तै एउटा फङ्गस पत्ता लगाएका छन् । इक्वेडर दक्षिण अमेरिका महादेशको एउटा सानो देश हो, जुन पेरु, कोलम्बिया, ब्राजिल र समुद्रले घेरिएको छ। विशाल अमेजन जंगलको केही भाग पनि यस देशमा पर्छ।
यी जंगलहरूमा अनुसन्धान गर्दा येल विश्वविद्यालयका विद्यार्थीहरूले एउटा अनौठो फङ्गस फेला पारे। उनीहरूले यसलाई आफ्नो प्रयोगशालामा ल्याए। प्रयोगको क्रममा उनीहरूले यो फङ्गसले प्लास्टिक खाने गरेको पत्ता लगाए।
वैज्ञानिकहरूले यो फंगसको नाम राखे – पेस्टालोटियोप्सिस माइक्रोस्पोरा। यो फंगसले सबैभन्दा कडा प्लास्टिकलाई पनि पचाएको देखेर अनुसन्धानकर्ताहरू छक्क परे। यसले १.५ देखि ३ सेन्टिमिटरसम्म बाक्लो प्लास्टिक खान सक्छ । बाँच्नको लागि यसलाई न त हावा चाहिन्छ न त प्रकाश। अँध्यारो र प्लास्टिक भए यो फंगस बाँच्न सक्छ ।
अनुसन्धानमा वैज्ञानिकहरूले पत्ता लगाएअनुसार पेस्टालोटियोप्सिस माइक्रोस्पोरा फंगसले ‘सेरिन हाइड्रोलेज’ नामक इन्जाइम निकाल्छ । यो इन्जाइमले ‘अक्षुण्ण’ प्लास्टिकको अणुहरूलाई पनि तोड्छ र सम्पूर्ण प्लास्टिक केही समयमै विघटन हुन्छ। यो प्रक्रियालाई ‘माइकोरमेडिएशन’ भनिन्छ।
पेस्टालोटियोप्सिस माइक्रोस्पोरा प्लास्टिक खाने एक मात्र फंगस होइन। गत वर्ष अगस्टमा जर्मन वैज्ञानिकहरूले पनि यस्तै फंगस पत्ता लगाएका थिए। जर्मनीको उत्तर-पूर्वी भागमा एउटा ताल छ – स्टेचलिन। यहाँ वैज्ञानिकहरूले प्लास्टिक खाएर मात्र बाँच्न सक्ने केही माइक्रोफंगल फेला पारेका थिए ।
वैज्ञानिकहरूले १८ प्रकारका फङ्गसहरूमा अनुसन्धान गरेका थिए, जसमध्ये ४ वटाले सबैभन्दा छिटो प्लास्टिक खाए। यी फङ्गसहरू पोलियुरेथेन खानमा धेरै छिटो थिए जसबाट फोम बनाइन्छ। तर, प्लास्टिकको झोला बनाइने पोलियुरेथेन खान उनीहरूले कडा परिश्रम गर्नुपर्यो। जर्मन वैज्ञानिक हान्स-पिटर ग्रोसार्ट भन्छन् ‘आजकल वातावरणमा यति धेरै प्लास्टिक छ कि यी फङ्गसले अब यसलाई खान सिकिसकेका छन्।’
प्लास्टिक प्रदूषण सम्पूर्ण विश्वको लागि समस्या बनेको छ। वेस्टडाइरेक्टको प्रतिवेदनअनुसार विश्वमा हरेक वर्ष लगभग ३८ करोड टन प्लास्टिक उत्पादन हुन्छ, जसमध्ये ४० प्रतिशत एक पटक मात्र प्रयोग गरिन्छ र त्यसपछि फ्याँकिन्छ। ९१ प्रतिशत प्लास्टिक फोहोर कहिल्यै पुन: प्रयोग हुँदैन।







डिसी नेपाल








Facebook Comment