बच्चा र कुकुरलाई भोकै राखेर लामो जन्मदिन मनाउन गएकी अमेरिकन महिला पक्राउ

डिसी नेपाल
२५ साउन २०८२ ८:३९
340
Shares

काठमाडौं। अमेरिकाको फ्लोरिडामा एक महिलाले आफ्नो बच्चा र ७ घरपालुवा कुकुरसँग दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी छन् ।

द इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार ३७ वर्षीया महिला जेसिका कोपल्यान्डले आफ्नो बच्चा र कुकुरलाई घरमा छोडेर दुई हप्तासम्म आफ्नो जन्मदिन मनाउन लस भेगास गइन् । घरबाट दुर्गन्ध आएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

जब अधिकारीहरूले घरमा प्रवेश गरे, उनीहरूले एक बालक र ७ कुकुरहरू भेट्टाएको प्रहरीले जानकारी दिएको छ । जब प्रहरी त्यहाँ पुगे, उनीहरुको अवस्था निकै नाजुक थियो, भुइँमा जनावरको मल र फोहोर छरिएको थियो । कुकुरको अवस्था हेर्दा धेरै दिनदेखि खाना र पानी नपाएको जस्तो देखिन्थ्यो । प्रहरीले सार्वजनिक गरेको तस्विरमा कुकुरको करङ निस्केको देखाइएको छ ।

कोपल्याण्ड जब जुलाई २१ मा लस भेगास गएकी थिइन् र केही मानिसहरू उनलाई खाना दिन आउँथे। बालकको उमेर खुलाइएको छैन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.