क्लोरिन ग्यास चुहावटका कारण ६०० भन्दा बढी व्यक्ति अस्पताल भर्ना

डिसी नेपाल
२६ साउन २०८२ १५:३६
92
Shares

काठमाडौं । इराकको करबलामा क्लोरिन ग्यास चुहावटका कारण ६०० भन्दा बढी श्रद्धालुहरू अस्पताल भर्ना भएका छन्। प्राप्त रिपोर्ट अनुसार, यी व्यक्तिहरूलाई सास फेर्न गाह्रो भइरहेको थियो।

समाचार एजेन्सी एएफपीका अनुसार यो घटना इराकका दुई पवित्र शहर नजफ र करबलाको बीचमा भएको हो।

स्थानीय प्रशासनका अनुसार नजफ-करबला रोडमा रहेको पानी प्रशोधन प्लान्टबाट क्लोरिन ग्यास चुहावटका कारण यो घटना भएको हो।

इराकको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “कर्बलामा क्लोरिन ग्यास चुहावटका कारण निसास्सिएको ६२१ घटनाहरू रिपोर्ट गरिएको छ। सबैलाई आवश्यक चिकित्सा सेवाहरू प्रदान गरिएको थियो र सबै सुरक्षित रूपमा अस्पतालबाट बाहिर निस्किएका छन्।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.