दुई महिनादेखि गमगढी–बालै–पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या

डिसी नेपाल
२७ साउन २०८२ १२:०८
20
Shares

मुगु। बाढीपहिराका कारण गमगढी–बालै–पिना सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको झरीपछि पहिरो खसेर करिब दुई महिनादेखि सडक अवरुद्ध भएको हो।

सडकका विभिन्न भागमा माटो, ढुङ्गा थुप्रिएको छभने केही स्थानमा सडक भासिएकाले हिँड्न पनि कठिन भएको छ। बाटो बन्द हुँदा स्थानीय वैकल्पिक लामो बाटो प्रयोग गर्न बाध्य भएका छन्। खाद्यान्न र औषधि ढुवानीमा समस्या भएको छ।

मुगुको छाँयानाथ रारा नगरपालिका वडा नं २, ४ ,६ ,७ र ८ मा रहेका बस्तिलाई कर्णाली राजमार्ग अन्तर्गत नाग्म-गमगढी-नाक्चेलाग्ना सडकसँग जोड्ने प्रादेशिक सडक गमगढी-बालै-पिना राताचौर सडक खण्डमा वर्षातले पहिरो गएपछि पैदलै हिँड्दै स्थानीय । यो सडक खण्डमा विभिन्न स्थानमा पहिरो गएपछि एक महिना देखि सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती व्यहोर्नु परेको छ छ । तस्बिर ः नृपेन्द्रबहादुर मल्ल / रासस

स्थानीयवासी दानबहदुर शाहीका अनुसार जताततै पहिरो खसेको छ। दलदल माटो बगेको छ, मान्छे हिँड्न पनि समस्या छ। अवरुद्ध सडक खुलाउनतर्फ कसैको ध्यान गएको छैन।

यसैबीच, गमगढी नगरपालिकाका कार्यवाहक प्रमुख ऐश्वर्या वर्षा रोकिनासाथ पहिरो पन्छाइने बताउँछिन्। उनले डोजरलगायत उपकरण तयारी अवस्थामा रहेका जानकारी दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.