कैलालीबाट करीव ३५ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद

डिसी नेपाल
२७ साउन २०८२ १७:०८
32
Shares

धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका खेदास्थित गोठमा अवैध रुपले लुकाई छिपाई राखेको करीव ३५ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ।

खेदाघाटदेखि मोहना नदिपारी खेदा गाउँको गोठमा भारतबाट अवैध रुपले नेपाल ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीबाट खटिएको सुरक्षा फौजले लत्ताकपडा बरामद गरेको हो।

बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको छ। उक्त लत्ताकपडा कसले भण्डारण गरी राखेको भन्ने खुलेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.