काठमाडौंमा महिला र पुरुष मृत फेला

डिसी नेपाल
२८ साउन २०८२ १२:३२
6.2k
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा चार जनाको शव फेला परेको छ।

काठमाडौं महानगरपालिका-२६ गोँगबु मित्रनगरस्थित होटल नुर एण्ड रेष्टुरेन्टको तेस्रो तलाको कोठा नम्बर ३०२ मा गत साउन १९ गतेदेखि बस्दै आएका कास्की माछापुच्छ्रे गाउँपालिका-३ घर भएका २३ वर्षीय विपिन भुजेल सोही कोठाको बाथरूममा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी काठमाडौंको तारकेश्‍वर नगरपालिका-४ ढुङ्गेधारा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएकी ५० वर्षीया ठुलीमाया तामाङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छन्।

कञ्चनपुरको बेदकोट नगरपालिका-५ पोलखरीस्थित पूर्व झले खोला किनारामा सोही नगरपालिका-६ मुसेपानी बस्ने ३५ वर्षीय बिनोद चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन्।

गुल्मीको चन्द्रकोट गाउँपालिका-८ रामपुरस्थित पोखरीमा सोही गाउँपालिका-८ रजाली टोल बस्ने गुल्मी दरबार गाउँपालिका-१ नेटा घर भएका ४५ वर्षीय तुल्सी बहादुर क्षेत्री मंगलबार मृत अवस्थामा फेला परेका छन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.