गुण्डा नाइके चक्रे मिलनलाई धरौटीमा छाड्न अदालतको आदेश

डिसी नेपाल
२८ साउन २०८२ १७:४६
256
Shares

काठमाडौं। गुण्डा नाइके चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेसहित १९ जनालाई धरौटीमा छाड्ने आदेश दिएको हो। अदालतले चक्रे मिलनलाई ३० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश जारी गरेको हो। उनीहरुविरुद्ध सरकारी वकिलले अभद्र व्यवहारको मुद्दा दायर गरेको थियो। थुनछेक बहसपछि अदालतले सबैलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।

१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा उनीहरू पक्राउ परेका थिए। उनीहरुसँगै प्रहरीले ४७ जनालाई पक्राउ गरेकोमा २८ जनालाई छाडिएको थियो। १९ जनालाई प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.