दुई जनाको शव फेला

डिसी नेपाल
२८ साउन २०८२ २३:३५
80
Shares

इनरुवा (सुनसरी)। सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन घरको ‘सेफ्टी ट्याङ्की’ भित्र दुई जना पुरुषको शव फेला परेको छ।

निर्माणाधीन अवस्थामा रहेको घरमा काम गर्दै आएका दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव फेला परेको सुनसरीका प्रहरी नायक उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। दुहबी–४ शिव मन्दिर चोकमा चन्द्रिका रौनियारको नयाँ घर निर्माण भइरहेको थियो।

मृतकमध्ये एक जना पेटी ठेकेदार र अर्का कामदार भएको प्रहरीले जनाएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.