अशोक राई र राजेन्द्र महतोको दलबीच कार्यगत एकता हुँदै
काठमाडौं। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल बीच आज कार्यगत एकता घोषणा हुँदैछ।
आज दुई दलबीचको कार्यगत एकता घोषणा हुन लागेको मुक्ति पार्टीका महासचिव केशव झाले जानकारी दिए। उनका अनुसार मुख्यतयाः पहिचानको मुद्दामा संघर्ष गर्नका लागि यी दुवै पार्टीको बिचमा कार्यगत एकता हुन लागेको हो।
जसपा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर बनेको पार्टी हो भने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीवाट अलग भएर महतोले मुक्ति पार्टी गठन गरेका हुन्।
महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी संघीय लोकतान्त्रिक मोर्चामा पनि आबद्ध भए पनि सरकारमा रहेको जसपासँग कार्यगत एकता गर्न लागेको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment