बहुविवाहलाई मान्यता दिने प्रस्तावित कानुनप्रति अमेरिका नेपाल महिला संघको आपत्ति

डिसी नेपाल
२९ साउन २०८२ १०:३३
28
Shares

काठमाडौं । नेपाल सरकारले बहुविवाहलाई मान्यता दिने गरी कानुन संशोधन गर्नको लागि अगाडि बढाएको विधेयकको मस्यौदाप्रति अमेरिका नेपाल महिला संघ ग्रेटर वाशिङटन डिसीले आपत्ति जनाएको छ । संघले एक वक्तव्य जारी गर्दै यो प्रस्तावित विधेयकलाई तत्काल रोक्न माग गरेको छ ।

विज्ञप्तिमा यो विधेयकले समानताको लागि दशकौंसम्म लडेर अहिलेको अवस्थासम्म आइपुगेका नेपाली महिलाहरुको अधिकार र सम्मानमाथि आघात पुगेको उल्लेख गरिएको छ । यो विधेयक कथित रुपमा बालबालिकाको अधिकारको लागि ल्याउन लागिएको बताइए पनि अन्ततः यसले महिलाहरुलाई लज्जित, अपमानित र अन्याय गर्ने संघले जनाएको छ ।

संघले यो विधेयकप्रति गहिरो चिन्ता व्यक्त गर्दै नेपाल सरकारको प्रयासको निन्दा गरेको छ । महिलाहरुको अपमान गर्ने यस्ता कार्यहरुले महिलाहरुको हितको लागि समानता र सम्मानको आधारभूत सिद्धान्तलाई कमजोर बनाउने उल्लेख गर्दै संघले यो विधेयक तत्काल फिर्ता गर्न माग गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.