वर्षाले दार्चुलाको छाङ्गरु र तिंकर जोड्ने तीन वटा काठे पुल बगायो

डिसी नेपाल
२९ साउन २०८२ १२:३०

गोकुलेश्वर । अविरल वर्षाको कारण दार्चुला जिल्लाको ब्यास गाउँपालिका–१ छाङ्गरुस्थित नाम्पा र तिंकर खोलामा आएको बाढीले तीन वटा काठे पुल बगाएको छ।

बाढीले छाङ्गरु र तिंकर जोड्ने तीन वटा काठेपुल बगाउनुको साथै पैदल यात्रा गर्ने गोरेटो बाटो समेत कटान गर्नुकोसाथै खाने पानीको पाइपसमेत बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी शैलेन्द्र थापाले बताए।

उक्त क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नं. ५० गुल्म छाङ्गरुबाट सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा टोली परिचालन भएको छ। संचार सम्पर्क नभएका कारण थप विवरण प्राप्त हुन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.