अष्ट्रेलियामा विद्युतीय सवारीसाधनको बिक्री ६० प्रतिशतले वृद्धि, नयाँ कीर्तिमान कायम
क्यानबेरा। अष्ट्रेलियामा सन् २०२५ को दोस्रो त्रैमासिकमा विद्युतीय सवारीसाधनको बिक्री ६० प्रतिशतभन्दा बढीले वृद्धि भई अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
बिहीबार अष्ट्रेलियाको सबैभन्दा ठूलो मोटर यातायात सम्बन्धी गैरसरकारी संस्थाले प्रकाशित गरेको प्रतिवेदन अनुसार अप्रिलदेखि जुन महिनाको अवधिमा अष्ट्रेलियालीहरूले २९ हजार २४४ नयाँ विद्युतीय सवारीसाधन किनेका छन्।
यो सङ्ख्या अघिल्लो त्रैमासिकमा बिक्री भएका १७ हजार ९०१ सवारीसाधनको तुलनामा ६३.३ प्रतिशतले बढी हो। यसले अघिल्लो कीर्तिमान (सन् २०२३ को दोस्रो त्रैमासिकमा भएको २५ हजार ६९६ को बिक्री)लाई पनि पार गरेको छ।
संस्थाले जनाएअनुसार सन् २०२५ को दोस्रो त्रैमासिकमा नयाँ हल्का सवारीसाधनमा विद्युतीय सवारीसाधनको बजार हिस्सा ९.३ प्रतिशत पुगेको छ, जुन पहिलो त्रैमासिकको ६.२ प्रतिशतबाट उल्लेखनीय वृद्धि हो र नयाँ कीर्तिमान पनि हो।
यसैबीच, इन्धनबाट चल्ने सवारीसाधनको बजार हिस्सा लगातार घट्दै गएको छ। सन् २०२३ को पहिलो त्रैमासिकमा ८६.४ प्रतिशत रहेको हिस्सा सन् २०२५ को दोस्रो त्रैमासिकमा घटेर ७२.०३ प्रतिशतमा झरेको छ।







डिसी नेपाल








Facebook Comment