कश्मीरमा भीषण बाढी, कम्तीमा ४० जनाको मृत्यु

डिसी नेपाल
२९ साउन २०८२ १९:४३
152
Shares

श्रीनगर। भारतको कश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको छ। स्थानीय प्रशासनका अनुसार, किष्टवार जिल्लामा बिहीबार बिहान एकाएक बादल फाटेर आएको बाढीमा परी कम्तीमा ४० जनाको ज्यान गएको छ, भने दर्जनौं घाइते भएका छन्।

भारतीय संचारमाध्यमहरुको अनुसार २ सय भन्दा बढी बेपत्ता भएका छन्। बाढीबाट प्रभावित व्यक्तिहरूलाई उद्दार गर्न प्रयास जारी छ। प्राकृतिक प्रकोपपछि उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ। बाढीपछिका निरन्तर वर्षाले बाटोहरू ध्वस्त बनाएका छन्।

घटनास्थल श्रीनगरबाट झण्डै २०० किलोमिटर टाढा रहेको कारण पनि उद्धार टोली पुग्न कठिन भइरहेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पीडितप्रति समवेदना व्यक्त गर्दै भने, ‘संकटको घडीमा पीडितहरूलाई सबै प्रकारको सहयोग प्रदान गरिनेछ।’

यसअघि, अगस्ट ५ मा उत्तराखण्ड राज्यको धाराली गाउँमा पनि बाढी र पहिरोको कारण ठूलो विनाश भएको थियो, जसमा ७० भन्दा बढीको ज्यान गएको आशंका गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.