रसुवा बस दुर्घटना: गम्भीर घाइते छ जनालाई काठमाडौं पठाइयो

डिसी नेपाल
२९ साउन २०८२ २३:४१

त्रिशूली (नुवाकोट)। रसुवाको गत्लाङबाट काठमाडौं जाँदै गरेको बस आज उत्तरगया गाउँपालिका–५ लहरेपौवामा दुर्घटना हुदाँ २० जना घाइते भएका छन्।

घाइतेमध्ये अवस्था गम्भीर भएका छ जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको त्रिशूली अस्पतालका निमित्त निर्देशक सन्देशराज उपाध्यायले जानकारी दिए। उनका अनुसार बाँकी चौध जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ।

घाइते भएकामध्ये अधिकांशको टाउको, छाती, हात र खुट्टामा चोट लागेको छ। तीमध्ये अवस्था सामान्य रहेका पाँच जनालाई घर पठाइने र बाँकीलाई भर्ना गरिने डा. उपाध्यायले जानकारी दिए।

रसुवाको गत्लाङबाट काठमाडौं जाँदै गरेको बा ४ ख ८४३५ नं को बस आज अपराह्न लहरेपौवामा दुर्घनाटमा भएको रसुवा प्रहरीले जनाएको छ। ओरालो र घुम्ती सडक तथा पानी परिरहेको समयमा गति तिव्र भएकाले बस दुर्घटनामा परेको प्रहरीको अनुमान छ।

दुर्घटनापश्चात सडकबाट ३० मिटर तल पुगेको बस लहरेपौवास्थित प्रतिनिधिसभा सदस्य मोहन आचार्यको घरको आडमा पुगेर रोकिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *