तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

डिसी नेपाल
३० साउन २०८२ ९:१७
60
Shares

म्याग्दी। सडक डिभिजन कार्यालयले १४ किलोमिटर लामाबागलुङ–बेनीे सडक रु तीन करोड २१ लाखको लागतमा मर्मतसम्भार गरेको छ ।

मालढुङ्गा–बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।

उक्त सडकको हुुलाके, भसभसे, ढाडेनी, सिम र पाङ्ग्रेखोलामा पहिरो पन्छाएर फराकिलो पार्ने, ढलान, ग्राभेल र कालोपत्र, वर्षाको पानी निकासका निम्ति पक्की नाला, ग्याबियन जाली, टेवा पर्खाल पनि निर्माण गरिएको उक्त कार्यालयका इञ्जिनियर विष्णुप्रसाद लामिछानेले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.