देशलाई नयाँ अवस्थामा अगाडी बढाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री

डिसी नेपाल
३० साउन २०८२ १६:४८
36
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नयाँ अवस्थामा अगाडी बढाउने उद्देश्यका साथ सरकार लागिपरेको बताएका छन्।

शुक्रबार जनकपुरमा मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पहिलेको अवस्थामा नभइ नयाँ अवस्थामा देशलाई अगाडी बढाउने उदेश्यका साथ सरकार लागिपरेको बताएका हुन्।

उनले भ्रष्टाचार नियन्त्रण र जनतालाई छिटो छरितो सेवा सुविधा उपलव्ध गराएर सुशासन कायम गर्न गर्नुपर्नेमा जोड दिए। अपराध अनुसन्धान र नियन्त्रण लगाएत थुप्रै कामहरुमा नेपाल प्रहरीले ध्यान दिनुपर्ने उनले बताए। प्रधानमन्त्री ओलीले लागुऔषध नियन्त्रणमा मधेश प्रदेशले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे।

उनले शान्ति सुव्यवस्था स्थापना गर्न र जनतालाई प्रारम्भीक न्याय दिने काममा प्रहरी प्रशासनले विशेष ध्यान दिने विश्वास व्यक्त गरे।

मधेस प्रदेश सरकारको करिब रु २३ करोड १० लाख ४३ हजारको लागतमा निर्माण भएको सुविधा सम्पन्न उक्त भवनमा ६८ वटा कोठा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.