विष्णुमती नदीमा जलस्तर सतर्कता तह आसपास
काठमाडौं । विष्णुमती नदीको जलस्तर सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार काठमाडौंको गोङ्गबु जलमापन केन्द्रमा नदीको जलस्तर बढ्दो क्रममा रहेकोले तटीय क्षेत्र आसपास बसोबास गर्ने स्थानीयबासी तथा नदी किनार हुँदै यात्रा गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।
‘वर्तमान अवस्थामा नदीमा थप पानी बढ्ने सम्भावना रहेकाले आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन जरुरी छ,’ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment