टप एण्ड टी-२०’ सिरिजः नेपालको लगातार दोस्रो हार
काठमाडौं। स्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एण्ड टी-२०’ सिरिजमा नेपालले लगातार दोस्रो हार ब्यहोरको छ। अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान-२ मा आज भएको खेलमा नेपाल बंगलादेशको ‘ए’ टोलीसँग ३२ रनले पराजित भयो। नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकर्ससँग ४२ रनले पराजित भएको थियो।
जितका लागि एक सय ८४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ५४ रन बनायो। नेपालका लाथि कुशल मल्लले ५४ रनको अर्धसतकीय पारी खेले। यस्ते आसिफ शेखले २८, लोकश बमले १५, नन्दन यादवले १४ तथा कप्तान रोहित पौडेलले १० रन बनाए। बंगलादेश ‘ए टोलीका राकिबुल हसनले ३ विकेट लिए भने हसन महमुदले २ विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेश ‘ए’ ले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ८३ रनको योगफल बनाएको थियो।
बंगलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रन बनाए। नेपालका लागि रिजन ढकालले दुई विकेट लिए भने नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए।







डिसी नेपाल







Facebook Comment