इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत
फिक्कल (इलाम)। इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन्। संघीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको पुवाखोला र जोगमाई खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी तथा इञ्जीनीयर अर्जुन घिमिरेका अनुसार सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत माईजोगमाई गाउँपालिका–४ र इलाम नगरपालिका–१० जोड्ने जोगमाई खोला र केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत इलाम नगरपालिका–९ र ११ जोड्ने पुवाखोलामा बेलिब्रिज निर्माण भई सञ्चालनमा आएको हो।
जोगमाई खोलामा रु एक करोड ९१ लाख २१ हजार ६३२ को लागतमा ४० मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो भने पुवाखोलाखमा रु एक करोड ४३ लाख ७६ हजार २९७ को लागतमा ४८ दशमलव ६ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो।
सोही आर्थिक वर्षमा सक्नेगरी सम्झौता भएको कल्भर्ट निर्माणाधीन अवस्थामा छ। केचना–कञ्चनजङ्गा सडकअन्तर्गत ठाडे खोलामा रु एक करोड ८५ लाख आठ हजार ५३८ को लागतमा डबल सेल बक्स कल्भर्ट निर्माण भइरहेको छ। कृष्ण/डाइमन/अभ्युदय जेभीले निर्माणको जिम्मा पाएको कल्भर्ट सम्मझौता अवधिमा सम्पन्न नभएपछि एक पटक म्याद थप गरिएको घिमिरेले जानकारी दिए।







डिसी नेपाल







Facebook Comment