भदौमा पनि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो

डिसी नेपाल
१ भदौ २०८२ १०:५८
140
Shares

काठमाडौं। भदौ महिनामा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर घटाएका छन्। साउनको तुलनामा बैंकहरुको व्याजदर ०.११ प्रतिशत विन्दुले घट्दै भदौमा यो दर ५.५७ प्रतिशतमा झरेको छ।

२० वटा वाणिज्य बैंकमध्ये ८ बैंकले ब्याजदर घटाएका छन् भने ११ बैंकले स्थिर राखेका छन्। प्रभु बैंकले मात्र ब्याजदर बढाएको छ। कृषि विकास बैंक, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआई बैंकले व्याजदर घटाएका छन्।

राष्ट्र बैंकको नीतिगत दर ४.५ प्रतिशत कायम छ, जसको प्रभाव स्वरूप साउनदेखि ब्याजदर घट्दै आएको हो। असार महिनामा उच्च पूँजीगत खर्चका कारण निक्षेप वृद्धि भए पनि कर्जा प्रवाह सुस्त रहेकाले बैंकहरूले भदौमा पनि ब्याजदर घटाएका हुन्।

व्याजदरमा सबैभन्दा ठूलो कटौती स्ट्यान्डर्ड चार्टर्ड बैंकले गरेको बैंकले साउन महिनामा व्यक्तिगत मुद्दतिमा ६.२६ प्रतिशत ब्याज दिइरहेकोमा भदौमा ५.१३ प्रतिशतमा झारेको छ। प्रभुले भने साउनमा ४.२५ प्रतिशत ब्याज दिइरहेकोमा भदौमा १.१ प्रतिशत बढाएर ५.३५ प्रतिशत पुर्याएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.