२७.१४ अंकले घट्यो नेप्से, कारोबार रकम पनि २७ करोडले घट्यो

डिसी नेपाल
१ भदौ २०८२ १६:०७
20
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसुचक २७.१४ अंकले घट्दा नेप्से २७६१.२२ बिन्दुमा पुगेर रोकिएको छ। यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा करिब २७ करोड रुपैयाँले घटेको छ।

यसदिन कुल ३१७ स्टकको ७ अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ रुपैयाँको २ करोड ५ लाख १३ हजार ६२५ कित्ता शेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिहीबार ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार ७०४ रुपैयाँ बराबरको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर कारोबार भएको थियो।

आज सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले घटेको छ। फ्लोट इण्डेक्स १.७४ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.५५ अंकले घटेको छ।

यस दिन आरबीबी म्युचअल फण्ड–१ को शेयर मूल्य ०.८१ रुपैयाँले बढेर ११.०३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। अपर स्याङ्गे हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता ४३.५० रुपैयाँले बढेर ७३५.१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस दिन कालीका पावर कम्पनी लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३४.६२ रुपैयाँले बढेर ६१५.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस्तै, अपरहेवा खोला हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ३३.३९ रुपैयाँले बढेर ६१३.४५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

आज सम्पदा लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ७.०६ प्रतिशतले घटेको छ। यस कमपनीको शेयर मूल्य प्रतिकित्ता ९८९.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। ट्रेड टावर लिमिटेडको शेयर मूल्य ५.८८ प्रतिशतले घटेर प्रतिकित्ता ८८३.४५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस्तै, ग्रिन डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ४.७९ प्रतिशतले घटेर ११५८.९६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन रिइस्योरेन्स लिमिटेड, नेपाल रिपब्लीक मिडिया, नेपाल इन्फ्रास्टक्चर डेभ्लप्मेन्ट लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *