नागरिकताको आवेदनमा आमा वा बुबाको विवरण अनिवार्य उल्लेख हुनुपर्ने

डिसी नेपाल
१ भदौ २०८२ १९:१९
360
Shares

काठमाडौं । विधायन व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल भएको छ।

बैठकमा गृहमन्त्री रमेश लेखकले समाजमा देखिएका नयाँ चुनौतीका आधारमा कानुन परिमार्जन आवश्यक भएको धारणा राखे।

लेखकले भने, ‘कानुन निर्माणको सिद्धान्त नै समाज समय सापेक्षरूपमा परिवर्तन हुने भएकाले त्यसअनुसार कानुनहरू निर्माण गर्नुपर्ने हो। हिजो नागरिकता सम्बन्धी जुन विषयहरू देखिएका थिएनन्, आज ती देखिएका छन्। भोलि थप विषयहरू देखा परेमा त्यसलाई सम्बोधन गर्नैपर्छ।’

उनले नेपालको नागरिकताको मूल सिद्धान्त वंशको आधारमा नागरिकता प्रदान गर्ने भएको उल्लेख गर्दै भने, ‘आमा पनि वंश हो भन्ने प्रयत्न हामी गरिरहेका छौं। तर आमा र बाबामध्ये कसैको नाम नलेखी नागरिकता दिने भन्ने कुराले सही ठाउँमा पुर्याउँदैन।’

लेखकले नागरिकताको आवेदनमा कम्तीमा एकजना आमा वा बाबाको विवरण अनिवार्य रूपमा उल्लेख हुनुपर्ने स्पष्ट पारे। आमाको नाम लेख्न मन छैन भने बाबाको लेख्नुप¥यो, बाबाको लेख्न मन छैन भने आमाको लेख्नुपर्ने उनले बताए।

उनले भने, ‘आमाको लेख्न मन छैन भने बाबाको र बुवाको लेख्न मन छैन भने आमाको लेख्नुपर्यो। तर एउटा लेख्नैपर्छ। यसमा हामी कोही अलमलमा पर्नु हुन्न। दुईटै खाली राखेर नागरिकता बन्ने स्थिति हुँदैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.