दोर्दी खोलामा एक युवक बेपत्ता
लमजुङ। यहाँस्थित दोर्दी खोलामा पौडी खेल्ने क्रममा बगेर एक युवक बेपत्ता भएका छन्। लमजुङ दोर्दी गाउँपालिका–३ स्थित दोर्दी खोलामा चितवनको कालिका नगरपालिका–१० का १९ वर्षीय उत्तरकुमार प्रजा बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहका अनुसार बेपत्ता युवक सोही स्थान नजिकैको उत्तरदेवी कृषि तथा पशु फार्ममा काम गर्दै आएका थिए। अहिले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले स्थानीयको सहयोगमा खोजी गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment