प्रधानमन्त्री ओलीलाई मन्त्री यादवले चक्मा दिँदा सोमबार मन्त्री फेर्ने योजना असफल

डिसी नेपाल
३ भदौ २०८२ ७:१५
3.7k
Shares

काठमाडौं। सरकार गठन भएको एक वर्ष पूरा भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न खाजेका थिए।

आफ्नोतर्फबाट सरकारमा सहभागी भएका, नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित अन्य दलका मन्त्रीसमेत परिवर्तन गरेर नयाँ टीम बनाउने प्रधानमन्त्रीको चाहना सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सकारात्मक नहुँदा पूरा हुन सकेको छैन।

कांग्रेस सभापति देउवा आफ्ना मन्त्री फेर्न तयार नभएपछि प्रधानमन्त्री ओलीले एमालेका केही मन्त्रीलाई परिवर्तन गर्न चाहेका छन्। तर, त्यो भन्दा पनि पहिला प्रधानमन्त्री ओलीले सोमबार (हिजो) जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तीन मन्त्री परिवर्तन गर्ने तयारी गरेका थिए।

जसका लागि प्रधानमन्त्री ओलीले लोसपाबाट सरकारमा सहभागी मन्त्री शरतसिंह भण्डारीलाई बालुवाटार बोलाएका थिए। स्रोतका अनुसार मन्त्री भण्डारी बालुवाटार पुगेपनि प्रधानमन्त्री ओलीसँग भेट नगरी बाहिरिएका थिए।

प्रधानमन्त्री ओलीले जसपा नेपालबाट सरकारमा सहभागी मन्त्रीद्वय प्रदीप यादव र नवलकिशोर साह सुडीलाई पनि बालुवाटार बोलाएर राजीनामा गर्न लगाउने तयारी गरेका थियो। सो विषयमा प्रधामन्त्री ओलीले जसपाका अध्यक्ष अशोक राईसँग छलफल पनि गरेका थिए।

तर खानेपानी मन्त्री प्रदीप यादवले आफूसहित तीन मन्त्रीलाई राजीनामा गराउन लागेको थाहा पाएपछि ‘विरामी’ परेको बहाना गर्दै उपचारको लागि भनेर दिल्ली उडेपछि सोमबार तीन मन्त्री फेर्ने प्रधानमन्त्री ओलीको प्रयास सफल हुन सकेन।

स्रोतका अनुसार मन्त्री यादव उपचारको बहानामा दिल्ली गएपनि उनको रणनीति भनेको तत्काल मन्त्रीबाट नहटाउन प्रधानमन्त्रीलाई दबाव दिने हो यसअघि पनि मन्त्री यादवले प्रधानमन्त्री ओलीको भारत भ्रमणसम्म मन्त्री पदबाट नहटाउन आग्रह गरेका थिए।

तर प्रधानमन्त्रीले आफूसहितका मन्त्रीलाई हटाउने थाहा पाएका यादव भारतीय विदेश सचिव नेपाल भ्रमणमा आएका बेला दिल्ली गएका छन्। भारतीय दबावमार्फत तत्काल आफू मन्त्रीबाट नहट्ने उनको योजना तत्कालका लागि सफल भएको छ। प्रधानमन्त्री ओलीलाईसमेत चक्मा दिन सफल यादवका कारण तत्काल अन्य दुई मन्त्री भण्डारी सुडीको समेत पद केही समयका लागि लम्बिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.