भदौ ११ देखि सर्वसाधारणमा आईपीओ जारी गर्दै बन्दिपुर केवलकार
काठमाडौं। बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर सार्वजनिक निष्कासन गर्न लागेको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदनकर्ताले आस्वा सदस्य बैंक तथा “मेरो शेयर“ मार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन अवधि छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म रहनेछ।
यो आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। यसअघि साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिएको थियो, जसको बाँडफाँड भइसकेको छ। कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता शेयर निष्कासनको स्वीकृति पाएको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment