नन्दन यादवले ५ विकेट लिएपछि टप एण्ड टि–२० सिरिजमा नेपालको पहिलो जित

डिसी नेपाल
३ भदौ २०८२ १४:४०
220
Shares

काठमाडौं । नेपालले अस्ट्रेलियामा जारी टप एण्ड टि–२० सिरिजमा आफ्नो पहिलो जित निकालेको छ । नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८० रन बनाएको थियो । जवाफी ब्याटिङमा होबार्ट हरिकेन्सले १६.१ ओभरमा ११४ रन बनाउँदा अलआउट भयो । हरिकेन्सलाई सस्तैमा रोक्न नेपालका नन्दन यादवले ५ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.